१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा थपिए एक दिनमै ५३ संक्रमित

काठमाडौं उपत्यकामा एक दिनमै ५३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी यस अवधिमा ललितपुरका ४ र भक्तपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११, भक्तपुर र ललितपुरका १/१ जना, टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ र ललितपुरका १ तथा पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।  

 

यो पनि पढ्नुहोस्

प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना

 

नियमित प्रेस ब्रिफिङमा उनले योसहित पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको हो ।  

प्रकाशित: १३ श्रावण २०७७ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App