coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।  

काठमाडौं महानगरपालिका वडानम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले सेनिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गरिन्। ‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ पोखरेलले भनिन्, विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ । त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरूलाई सहज हुने अपेक्षा गरेका छौं ।’ महानगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता हट्को सृसा रावलले बताइन् । ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरूमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थानली हुनेसमेत अपेक्षा गरेका छौं,’ रावलले भनिन् ।  

‘ज्ञानोदय विद्यालयमा निशुल्क सेनिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन सबै छात्राले खुशीको महशुस गरेका छन्,’ खुशी जोशीले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन ।’

रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य  

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्न नहुने बताए । ‘हरेक घरमा महिला छन् । महिला नभएको घर हुँदैन । उनीहरूलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उनले भने, ‘घरमा कोही रजस्वला हुँदा उनीहरू कमजोर हुन्छन् । त्यो बेलामा उनीहरूको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’  

विद्यालयका प्र.अ. नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताए । उनले त्यही बाहनामा छात्राहरू विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताए। उनले यो चेतना जगाउने कार्यक्रम भएको समेत जनाए । 

उनले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करिब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरूलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिए ।  

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको बताए ।

प्रकाशित: २० श्रावण २०७७ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App