१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमण व्यापक बनेपछि प्रहरी नै तैनाथ गरेर काठमाडौंको कोटाल टोल सिल

कोरोना संक्रमण बढेपपछि काठमाडौं महानगरपालिका–५, स्थित कोटाल टोल शनिबार सिल गरिएको छ । वडाध्यक्ष रमेश डंगोलका अनुसार प्रहरीसहित स्थानीय बासिन्दामा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो ।  

प्रहरी टोली नै तैनाथ गरी अहिले उक्त क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका ५ जनामा कोभिड–१९ देखिएको थियो ।  

त्यसपछि परीक्षण गर्दा घरभेटीलाई पनि कोरोना पोजिटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप ६ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नुपरेको वडाध्यक्ष डंगोलले बताए । आफ्नो नेतृत्वमा रहको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट आवश्यक थप निर्णय गरिने उनले जानकारी दिए ।  

सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौंको कपनमा पुगेको र परीक्षण गर्दा उनीहरूमा पनि कोभिड–१९ देखिएको उनले बताए ।

 पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण बढ्दो क्रममा छ । शुक्रबार मात्रै उपत्यकामा १०० भन्दा बढीमा कोभिड–१९ पुष्टि भएको थियो । संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने संक्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ ।  

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । काठमाडौं उपत्यकामा अहिलेसम्म झण्डै हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । सयभन्दा बढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।  

प्रकाशित: २४ श्रावण २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App