८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिए

फाइल तस्बिर : काठमाडौं

काठमाडौं उपत्यकामा एक दिनमा अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा काठमाडौं उपत्यकामा थपिएको अहिलेसम्मकै उच्च संख्या हो ।  

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ संक्रमित थपिएका हुन् ।  

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या १ हजार ३१४ पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा १ हजार ५८, ललितपुरमा १ सय ५९ र भक्तपुरमा ९७ संक्रमित छन् ।  

प्रकाशित: २७ श्रावण २०७७ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App