कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं महानगरपालिका–१४ नम्बर वडा कार्यालयले आफ्ना क्षेत्रमा अत्यावश्यक सेवाबाहेक अन्य बजार, पसल बन्द गराएको छ ।
कोरोना संक्रमण समुदायमा देखिन थालिएकाले १४ नम्बर वडाका कलंकी, कालिमाटी, कुलेश्वरलगायत क्षेत्रका अत्यावश्यकबाहेक पसल १५ दिनका लागि बन्द गराइएको हो ।
वडाध्यक्ष शोभा सापकोटाले बुधबार विज्ञप्ति जारी गरी यो जानकारी दिएकी हुन्।
प्रकाशित: २९ श्रावण २०७७ १२:४७ बिहीबार