२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

इटालियन टोलीमा लुका

इटालीयन फुटबल टोलीमा सिरी ‘ए’ क्लब फियोरेन्टिनाका फरवार्ड मोइज केनको स्थान लारेन्जो लुकाले लिने भएका छन्। इटालीका मुख्य प्रशिक्षक लुसियानो स्पालेट्टीले नेसन्स लिगको आगामी खेलका लागि २४ वर्षीय केनलाई टोलीमा समेटेका थिए।

तर, केन ढाडको तल्लो भागको दुखाइको उपचार गर्न सोमबार बिहान फियोरेन्टिना फर्केका थिए। प्रशिक्षण क्याम्पबाट निस्केपछि उनको स्थानमा युडिनेस फरवार्ड लुकालाई बोलाइएको इटाली राष्ट्रिय फुटबल महासंघले जनाएको छ । २४ वर्षीय लुका ‘अनक्याप्ड’ खेलाडी हुन्।

उनलाई मार्चमा भेनेजुएला र इक्वेडरविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्याम्पमा बोलाइएको थियो। तर, सामान्य चोटका कारण उनी सहभागी हुन सकेनन्। लुकाले युडिनेसका लागि यो सिजन नौ खेलमा पाँच गोल गरेका छन्।

इटालीले बिहीबार रोममा बेल्जियमसँग खेल्ने तय छ। त्यसको चार दिनपछि इटालीले इजरायलसँग उडिनेमा खेल्नेछ। इटालीले फ्रान्स र इजरायलविरुद्ध नेसन्स लिगका दुवै खेल जितेको छ। ६ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको इटालीले पहिलो चरणमा फ्रान्सलाई ३–१ र इजरायललाई २–१ ले पराजित गरेको हो।

प्रकाशित: २२ आश्विन २०८१ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App