२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाहका कमाण्डर ‘हुसेनी’ मारिएको इजरायलको दाबी

इजरायलले हिजबुल्लाहका कमाण्डर मारिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार लेबनानमा गरिएको हवाइ हमलामा सुहेल हुसेन हुसेनी मारिएका हुन्। 

‘हुसेनी’ हिजबुल्लाहका लागि हतियार संकलन गर्ने प्रमुख नेता मानिन्छन् । 

इजरायलले हिजबुल्लाह समूहका हतियार केन्द्रलाई लक्षित गर्दै गएराति राजधानी बेरुतमा सयौं हवाइ हमला गरेको थियो । इजरायलले पछिल्लो समय हिजबुल्लाह लक्षित आक्रमणलाई तिब्रता दिदै आएको छ। इजरायली आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँका कैयौँ भवन ध्वस्त भएका छन्। 

इजरायली सेनाको आक्रमणको प्रतिकार गर्दै  हिजबुल्लाह समूहले पनि इजरायलमा १३० वटा मिसाइल प्रहार गरेको समाचार संस्था अलजजिराले जनाएको छ। 

हिजबुल्लाह समूहले प्रहार गरेका सबै मिसाइल भने आकाशमै नष्ट गरिएको इजरायली सेनाको दाबी छ। इजरायली हमलाका कारण अहिलेसम्म ४ लाख बढी मानिस लेबनान छाडेर सिरिया पसेका छन् ।  

 

 

प्रकाशित: २२ आश्विन २०८१ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App