coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आजदेखि अनिश्चितकालसम्म काठमाडौं आवतजावत बन्द

फाइल तस्बिर : काठमाडौंमा सवारीसाधन

आज बिहीबारदेखि अनिश्चितकालसम्मका लागि सवारीसाधनमार्फत काठमाडौं उपत्यकामा आवतजावत बन्द गरिएको छ ।  

कोरोना संक्रमण बढेकाले गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास नदिन बुधबार निर्देशन दिएसँगै अबदेखि सवारीसाधन काठमाडौं उपत्यका भित्रिन तथा यहाँबाट अन्यत्र बाहिरिन नपाउने भएका हुन् ।  

गृहले पठाएको पत्रअनुसार आजदेखि अर्काे निर्णय नभएसम्मका लागि काठमाडौंबाट बाहिर जाने सवारीसाधनका लागि ‘सवारी पास’ वितरण तथा बाहिरी जिल्लाबाट आउने सवारीसाधनका लागि दिने गरिएको स्वीकृतिसमेत बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशन गरी जानकारी दिएको हो ।  

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले देशभर नै एक जिल्लाबाट अर्काे जिल्ला जान सवारी पास नदिने निर्णय गरेको हो ।  आजदेखि देशभर नै सवारीसाधन एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने छैनन्। 

तर काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले एउटै जिल्ला मानेको छ । 

प्रकाशित: २९ श्रावण २०७७ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App