१५ असार २०८१ शनिबार
image/svg+xml

ललिता निवास जग्गा प्रकरण: किर्तेसम्बन्धी मुद्दाको हदम्याद टर्ने खतरा

ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन्।

अरस्तु, राजयोग र बुद्ध

राजनीति वा जुनसुकै पेसा वा व्यवसायको क्षेत्रमा भएको मानिसले ‘आफूबाहेक अर्को सत्य छैन’ भन्ने तथ्य जहिलेसम्म बुझ्दैन, अरस्तुको दर्शन कुनै न कुनै रूपमा समाजमा हावी भैराख्छ।

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल उद्घाटन

कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए।

यस्तो रह्यो भूकम्पपछिको पुनर्निर्माण

प्राधिकरणले पुनर्निर्माणमा गत असारसम्म ३ खर्ब ७१ अर्ब रूपैयाँ खर्च गरेको छ। सबै काम पूरा हुन अझै ८० अर्ब रूपैयाँ लाग्ने बताइएको छ।

नेपाली कांग्रेस प्रदेश २ को मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।

सिभाली र असभसम्राट च्याम्पियन

सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।

समर्पण उमा कुम्फुमा

आफूलाई मन परेको मार्सल आर्ट्सका विधामा उनी भर्ना भइहाल्थे। यही सिलसिलाका कारण उनी बक्सिङ र उसुका खेलाडी पनि बने। तथापि, उनको २७ वर्षे मार्सल आर्ट्स करियर भने उमा कुम्फुबाट अगाडि बढ्यो।

‘महालेखाको प्रतिवेदनमा आयकर ऐनको गलत व्याख्या’

महालेखाको प्रतिवेदनमा मर्जर/एक्विजिसनमा गएका, लिलामीमा सेयर बेचेका, प्रिमियमबाट बोनस सेयर वितरण गरेका र एफपिओ जारी गरेका कम्पनीहरूले आयकर ऐन २०५८ अनुसार तिर्नुपर्ने १० अर्ब १० करोड ८७ लाख कर नतिरेको उल्लेख छ।

सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर

बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।

एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेः नेपाल

देशमा एमसिसिलाई पारित गर्ने र नगर्ने भन्ने सन्दर्भमा बहस चलिरहेको समयमा नेता नेपालले कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने, कुनै किसिमको सुरक्षा रणनीतिको कुनै केन्द्रमा नेपाल सहभागी नहुने र नेपाल आफ्नो कुनै पनि छिमेकी विरुद्धमा हुने गतिविधिमा सहभागी नहुने स्पष्ट शब्दमा उल्लेख गरेका छन्।

खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन्।

एमालेलाई सजायँ दिनमात्र बाँकी छ: भट्टराई

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।

मेहनत गरे नेपालमै सुन फल्छ

खाडीको रापमा झण्डै एक दशक सेकिएपछि मनमा पलाएको भावनालाई सवारीमा कोरेको श्रेष्ठले बताए। ‘नेपालमा बस्दा अल्छी गरिन्थ्यो, अनि पैसा हुँदैन्थ्यो,’ उनले भने, ‘खाडीको दुःखले स्वदेशको महत्व सम्झायो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्