१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सिभाली र असभसम्राट च्याम्पियन

सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बुधबार सम्पन्न यु–१० को फाइनलमा सिभाली गर्ल्सतर्फ र असभसम्राट ब्वाइज तर्फ च्याम्पियन भएका हुन्। सिभालीले फाइनलमा आयुसा जिसीलाई ६–० र ६–० ले सहजै हराइन्। असभसम्राटले भने स्पन्दन उदासबाट वाकओभर पाउँदा प्रतिस्पर्धाबिना नै च्याम्पियन हुने अवसर पाए। गर्ल्स यु–१२ मा प्रज्ना मानन्धर च्याम्पियन भइन्। प्रज्नाले फाइनलमा समृद्धि महर्जनमाथि ६–१ र ६–१ को सहज जित निकालिन्। यसै उमेर समूहको ब्वाइजतर्फ भने बोरिस अधिकारी र दर्शिल श्रेष्ठ फाइनलमा पुगेका छन्।

बोरिसले सेमिफाइनलमा स्पर्श तिमिल्सिनामाथि ६–० र ६–१ को जित रच्दै उपाधि भिडन्त तय गरेका हुन्। दर्शिलले भने सेमिफाइनलमा सृजन भट्टराईमाथि कठिन जित निकाल्दै बोरिससँगको भिडन्त तय गरेका छन्। पहिलो सेट ४–६ ले गुमाएका दर्शिलले त्यसपछिका सेट ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरे। गर्ल्स यु–८ तर्फ अनुश्री धोजु, निश्वी गोर्खाली, इरिस श्रेष्ठ र सभर्ना गुरुङ सेमिफाइनलमा पुगेका छन्। यसै उमेर समूहको ब्वाइजमा कृतन्यविक्रम शाह, सभ्यजंग कार्की, रिधान अर्याल, निधय राणा, विश्वविशेष डल्लाकोटी र सियोङ वोन हा क्वार्टरफाइनलमा पुगेका छन्। 

प्रकाशित: ८ पुस २०७८ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App