५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थानीयतह निर्वाचन २०७९ः देशभर मतदान सुरु

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

उम्मेदवारको वैधानिक खर्च २९ अर्ब

देशभरिका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडामा १ लाख ४५ हजार ११ जना उम्मेदवारले शुक्रबार हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। आयोगले दिएको खर्चको सीमालाई आधार मान्दा उनीहरूले २८ अर्ब ९८ करोड ७३ लाख ५० हजार रूपैयाँ वैधानिक रूपमा खर्च गर्दै छन्।

स्थानीय निर्वाचनको ७५ वर्ष

काठमाडौंका सहरी क्षेत्रका जनताले आफ्ना प्रतिनिधि आफैं छान्नका लागि मताधिकार प्रयोग गरेको निर्वाचन आयोगद्वारा प्रकाशित ‘नेपालको निर्वाचन इतिहास’ नामक पुस्तकमा उल्लेख छ। सोही पुस्तकका अनुसार काठमाडौंमा मात्र निर्वाचित म्युनिसिपलिटी खडा भयो, जुन निर्वाचन नै नेपालको इतिहासमा पहिलो हो।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

विहीबार आयोगमा आयोजित नियमित पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। ‘मतदानका लागि मतदाता नामावलीमा नाम हुन अनिवार्य छ,’ उनले भने, ‘नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।’

धरानमा शनिबार बिहान ८ बजेदेखि मात्र मतगणता गरिने

धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो।

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।

सिन्धुपाल्चोकमा ५ सय ६६ जनप्रतिनिधि

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन्। उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन्।

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छः आयुक्त भण्डारी

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ। गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।

प्रहरीको कुटाइबाट मतदान अधिकृत र म्यादी प्रहरी घाइते

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्।

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन्।

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

मतदान गर्न जानेको लर्काे

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्,अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्।

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध

आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ।

नौ उम्मेदवारको निधन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्