२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाल रेडक्रसलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

आइएफआरसीको एसियाप्यासेफिक कार्यालय क्वालालाम्पुरको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको हो।

‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले अघिल्लो वर्ष कोभिड महामारीका कारण भएको लकडाउनको समयमा टोल टोलमा रक्तदान अभियान सुरु गरेको थियो।

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।

रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन

जिल्ला प्रशासनले हिसाब जाँच समिति गठन गरेपछि अध्यक्ष थापाले ४५ लाख ६२ हजार, देवरत्न धाख्वाले ३३ लाख ६७ हजार, देवेन्द्र प्रधानले २१ लाख ५८ हजार, हरिप्रसाद न्यौपानेले १९ लाख ५७ हजार, अजितकुमार शर्माले १४ लाख ६० हजार रुपैयाँ र भक्त खवासले १३ लाख ४० हजार रुपैयाँ तलबबापत रकम लिएको खुलेको थियो।

रेडक्रसको रन्थमोल

छानबिन समितिहरूले दिएका प्रतिवेदन कार्यान्वयन नभएकै कारण रेडक्रसका अधिकारीहरूको भ्रष्टाचारको शृंखला पनि रोकिएन। त्यसैले पनि रेडक्रसमा भएको भ्रष्टाचारमा त्यहाँका पदाधिकारी त दोषी छन् नै, उनीहरूलाई कारबाही नगर्ने सरोकारवाला निकायका अधिकारीहरू पनि उत्तिकै जिम्मेवार छन्।

रेडक्रसमा करोडौं हिनामिना

रेडक्रसमा अनियमितता भएको बारे धेरैपटक कुरा उठे पनि त्यसका पदाधिकारीले शक्तिको आडमा दबाउँदै आएका थिए। पछिल्लो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने तत्परता देखाए पनि अनियमिततामा संलग्न पदाधिकारी पक्राउ गरेर वा मुद्दा दायर गरेर प्रक्रिया अघि बढाउन सकेको छैन।

रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ ।

रेडक्रसले बनाइदियो क्वारेन्टिन

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले २० बेडको क्वारेन्टिन बनाइदिएको छ । कोरोना भाइरसको सामना गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्न पाउनेगरी रेडक्रसले दिक्तेलको सरस्वती मविमा क्वारेन्टिन बनाइदिएको हो । आइतबार १० बेडको क्वारेन्टिन बनाइएकामा सोमबार थप १० बेडको क्वारेन्टिन बनाइदिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री छत्रकुमार बजिमयले बताए ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई गैरखाद्य र सरसफाइ सामग्री सहयोग गरेको छ । स्थानीय तहका क्वारेन्टाइनमा प्रयोग गरिने गैरखाद्य सामग्री सहयोग गरिएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । रेडक्रस केन्द्रीय कार्यालय र पश्चिम विपद् पूर्वतयारी परियोजनाको सहयोगमा जिल्लाका सबै स्थानीयमा निर्माण भइरहेका पालिकास्तरिय क्वारेन्टाइनका लागि उक्त सामग्री हस्तान्तरण गरिएका हुन् ।

जनकपुरमा रगतको अभाव

जनकपुरधाममा केही दिनदेखि रगतको व्यापक अभाव भएको छ।सङ्घसंस्थाबाट हुने गरिएका रगतदान केही दिनदेखि हुन नसकेका कारण जनकपुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिँहले जानकारी दिए।

रेडक्रसमा भएको भ्रष्टाचारका विषयमा छानबिन सुरु, स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ। रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो।

तुरुन्त रगत उपलब्ध गराउनेलाई रेडक्रसको सम्मान

रगत अभाव हुँदा तुरुन्तै रगत उपलब्ध गराउने संस्था र व्यक्तिलाई नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीले सम्मान गरेको छ। दुर्घटना वा अन्य विपदमा रगतको अभावमा छटपटाई रहेका बिरामीलाई तुरुन्त रगत उपलब्ध गराई सहयोग गरेका संस्थालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ।

काभ्रे रेडक्रसको चुनाव स्थगित

नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको शनिबार हुने जिल्ला समितिको निर्वाचन स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेको शुक्रबारको आदेशअनुसार निर्वाचान स्थगित भएको हो।

रेडक्रसमा राजनीति

रेडक्रस मानवीय सेवामा समर्पित एउटा स्वतन्त्र संस्थाका रूपमा विश्वव्यापी पहिचान रहँदै आएको छ। तर, रेडक्रसको काभ्रे जिल्ला शाखाकमा यो कुरा लागुभएको छैन।

चिनियाँ रेडक्रसद्वारा ८५ करोड युआन सहयोग स्वीकार

चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म करिब ८५ करोड युआन (झन्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर)को सामाजिक सहयोग स्वीकार गरेको शनिबार जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्