२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

रेडक्रसद्वारा गैरखाद्य सामग्री सहयोग

स्थानीय तहलाई हस्तान्तरण गरेका सामग्री । तस्बिरः नागरिक

बैतडी- नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई गैरखाद्य र सरसफाइ सामग्री सहयोग गरेको छ । स्थानीय तहका क्वारेन्टाइनमा प्रयोग गरिने गैरखाद्य सामग्री सहयोग गरिएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । रेडक्रस केन्द्रीय कार्यालय र पश्चिम विपद् पूर्वतयारी परियोजनाको सहयोगमा जिल्लाका सबै स्थानीयमा निर्माण भइरहेका पालिकास्तरिय क्वारेन्टाइनका लागि उक्त सामग्री हस्तान्तरण गरिएका हुन् ।

तीन सय ४५ थान कम्बल, २० थान त्रिपाल, दुई सय ७० तन्ना, २३ वटा पानी ट्यांकी र जग, एक सय ८३ साबुन, कोरोना सचेतना फ्लेक्स लगायत सामग्री वितरण गरिएको पश्चिम विपद् पूर्वतयारी परियोजनाका जिल्ला संयोजक गोविन्द पन्तले बताए । जिल्लाका १० वटै स्थानीय तहमा पुगेर उक्त सामग्री सहयोग गरिएको हो । यस्तै दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा एक सय थाल, एक सय वटा गिलास र ७० वटा कचौरासमेत वितरण गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने स्थानीय तहले जिल्ला बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने गरेको छ । उनीहरुलाई सहज होस भन्दै उक्त सामग्री सहयोग गरिएको हो । जिल्लाका सबै स्थानीय तहमा पुगेर गैरखाद्य सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैतडी शाखाका सभापति भीमदत्त पाण्डेय, उपसभापति बिष्णुदत्त अवस्थी र प्रदेश उपमहासचिव तेजप्रकाश भट्ट लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित: १४ वैशाख २०७७ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App