१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रेडक्रसले बनाइदियो क्वारेन्टिन

रेडक्रसले बनाएको क्वारेन्टिन निरीक्षण गर्दै मेयर दिपानारायण रिजाल र उपमेयर बिणादेबी राई लगायत । तस्बिर : नागरिक

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले २० बेडको क्वारेन्टिन बनाइदिएको छ । कोरोना भाइरसको सामना गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्न पाउनेगरी रेडक्रसले दिक्तेलको सरस्वती मविमा क्वारेन्टिन बनाइदिएको हो । आइतबार १० बेडको क्वारेन्टिन बनाइएकामा सोमबार थप १० बेडको क्वारेन्टिन बनाइदिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री छत्रकुमार बजिमयले बताए ।  

दिक्तेलकै माटिकोरेस्थित कबर्डहलमा बनाइएको क्वारेन्टिनको केही बेड सरस्वती माविमा सार्ने निर्णय लगत्तै रेडक्रसले क्वारेन्टिन बनाउन सहयोग गरेको हो । रेडक्रसले मेट्रेस, कम्बल, तन्ना, तकिया, सिरानी, बाल्टिन जुटाएर क्वारेन्टिन बनाइदिएको जनाएको छ । रेडक्रसले बनाएको क्वारेन्टिनमा विभिन्न देशबाट आएका ११ जनालाई सोमबारदेखि राखिएको छ ।  

खाद्य सामग्री प्रदान

रेडक्रसले क्वारेन्टिनमा बस्ने स्थानीयले उपयोग गर्न पाउनेगरी नगरपालिकालाई खाद्य सामग्री प्रदान गरेको छ । १४ दिनलाई पुग्नेगरी ३० केजीको १० बोरा चामल, एक काटुन तेल, पाँच केजी नुन, ५ केजी मुसुरो दाल, ५ केजी कालो दाल प्रदान गरिएको रेडक्रसले जनाएको छ । खाद्य सामग्री रेडक्रसका सभापति कुमारसिं बस्नेतले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपानारायण रिजाल र उपमेयर बिणादेबी राईलाई हस्तान्तरण गरेका छन् । 

प्रकाशित: १५ असार २०७७ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App