२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नेपाल रेडक्रसलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीलाई एकसय थान अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस् सहयोग गरेको छ।  

आइएफआरसीको एसियाप्यासेफिक कार्यालय क्वालालाम्पुरको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको हो। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रस तथा आइएफआरसीका नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनालाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा आइएफआरसीका नेपाल प्रमुख उल्लाले कोभिड महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुले गरेका कार्यहरुको प्रशंसा गरे। प्रमुख उल्लाले कोभिडका बिरामीले अक्सिजनको अभावमा छटपटाउनु नपरोस् भनेर नेपाल रेडक्रस मार्फत अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको बताए।  

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिम्सिनाले अक्सिजन कन्सन्ट्रेटर ग्रहण गर्दै कोभिड संक्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा तत्कालै पठाउने प्रतिवद्दता व्यक्त गरे।  

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजनकै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्नका लागि साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको बताए।

प्रकाशित: १० असार २०७८ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App