२४ असार २०८१ सोमबार
image/svg+xml

रेडक्रसले जित्यो, ब्याडमिन्टनको उपाधी

मार्तडीमा जारी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी जिल्ला रेडक्रसको टिमले हात पारेको छ। फाइनलमा मालिका नमुना माविलाई ३–१ को सेटमा पछि पार्दै रेडक्रसले उपाधी आफ्नो पोल्टामा पारेको हो। पहिलो सेटमा २१–१५ को अन्तरले जितेको मालिकाले दोस्रो सेटपछि खेल आफ्नो पक्षमा राख्न सकेन।

चिनिया राष्ट्रपतिको भ्रमण अवधिको भर एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ ।

प्रशासनको निर्देशन रेडक्रसले नटेरेपछि पत्र काटियो, कारवाहीको चेतावनी

पछिल्लो समय भ्रष्टाचार र अनियमितताको आरोप लागेर चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई अटेरी गरेको छ। अटेरीविरुद्ध प्रशासनले रेडक्रस सोसाइटीको नेतृत्वलाई पत्र काट्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ।

पहिरो पीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो।

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन्। रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वाँस व्यक्त गरे।

खाद्य सहयोगका लागि उत्तर कोरियाको आग्रह

प्रतिकूल मौसमका कारण चरम खाद्य संकट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रससमक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य संकट उत्पन्न भएको जनाइएको छ।

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ।

बाँकेमा रगतको माग बढ्दो

बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

रेडक्रसमा पहिलो महिला सभापति

नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) शाखाको सभापतिमा अधिवक्ता रमा गौतम निर्वाचित भएकी छिन्। शनिबार उद्धघाटन भएको शाखाको १५ औं अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। नयाँ नेतृत्वका लागि अन्य धेरै जनाको आकांक्षा भए पनि अन्तिम समयमा सहमतिमा नेतृत्व छनौट गरिएको थियो। रेडक्रस शाखाको महिला सभापति भएको यो पहिलो पटक हो।

रक्तसंचार सेवा रेडक्रस केन्द्रीय कार्यालयबाट

नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीमा सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्र अब सोल्टिमोडस्थित केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने भएको छ। रेडक्रसले शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आम उपभोक्ताको हितलाई ध्यान दिँदै आइतबारबाट सोल्टिमोडबाट सेवा प्रदान गर्न लागेको जनाएको हो।

सुदूरपश्‍चिममा ब्लड बैंक बनाइने

अमेरिकी सरकारले नेपाल सरकार र रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै कैलालीको धनगढीमा सुदूरपश्चिमकै पहिलो ब्लड बैंक (रक्त सञ्‍चार केन्द्र) भवन निर्माणको शिलान्यास गरेको छ।

भक्तपुर रेडक्रसको बजेट तीन करोड

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५-७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५-७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो।

नेपाल रेडक्रसलाई चीनको १३ करोड सहयोग

नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ।

रेडक्रसको मनपरी

भूकम्पपीडितका नाममा संकलित रकमको चरम दुरुपयोग गर्ने संस्थाहरूमध्ये नेपाल रेडक्रस सोसाइटी अग्रपंक्तिमा परेको छ। यो निकायले पीडितको राहतमा खर्च गर्नुपर्ने अधिकांश रकम मोजमस्तीका सामग्री खरिद तथा कर्मचारीको तलबभत्तामा लगाएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्