२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रक्तसंचार सेवा रेडक्रस केन्द्रीय कार्यालयबाट

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीमा सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्र अब सोल्टिमोडस्थित केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने भएको छ। रेडक्रसले शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आम उपभोक्ताको हितलाई ध्यान दिँदै आइतबारबाट सोल्टिमोडबाट सेवा प्रदान गर्न लागेको जनाएको हो।

नेपाल रेडक्रसले थाई रेडक्रसको सहयोगमा केन्द्रीय कार्यालयमा ब्लड बैंक स्थापना गरेको छ। २०७२ को भूकम्पमा प्रदशनी मार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रको कार्यालय भत्केपछि रेडक्रसले २०७२ पुसदेखि बालकुमारीबाट सेवा दिँदै आएको छ। केही दिन बालकुमारीबाट पनि सेवा दिने रेडक्रसले जनाएको छ।

रेडक्रसले ७३ जिल्लाका एक सय आठ स्थानबाट सेवा दिदै आएको छ। काठमाडौंमा मात्र दैनिक ३ सयदेखि ४ सय पिन्ट रगत आवश्यक पर्ने रेडक्रसले जनाएको छ। देशभरि गरी दैनिक १ हजारदेखि १२ सय पिन्ट रगतको माग रहेको जानकारी दिँदै रेडक्रसले अझै १८ देखि २० प्रतिशत रगत अभाव रहेको उल्लेख गरेको छ।

प्रकाशित: १६ चैत्र २०७५ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App