२० आश्विन २०८१ आइतबार
image/svg+xml

लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

लागत अनुमानभन्दा ६ अर्ब कममा ठेक्का

काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ।

सुरुङमा टिबिएम मेसिन प्रयोग: नयाँ प्रविधिको प्रयोगले लक्ष्यभन्दा चाँडो काम

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल भन्छन् – भेरीबबई आयोजनामा टिबिएम मेसिनले टनेल खन्दा तोकिएको समय सीमाभन्दा छिटो खनिएकाले सुनकोशीमा पनि यो मेसिन प्रयोग गरिएको हो।

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

कर्णाली र कोसी कोरिडोरको ट्रयाक खन्ने काम अझै सकिएन

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोर र कोसी कोरिडोरको ट्रयाक खन्ने कामले गति लिन सकेको छैन।

राष्ट्रिय गौरवको आयोजना: गोरखा खण्डको ठेक्का पनि अधुरै, हिलो धुलोले सास्ती

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा २०७१ सालदेखि सुरु भएको काम २०७९ असार मसान्तसम्म ८० प्रतिशत मात्रै पूरा भएको छ।

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

हचुवामा गौरवका आयोजना छनोट: लागत र समय दुवै बढ्यो

सरकारले राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा स्पष्ट मापदण्ड तथा आधारबिनै छनोट गरेर अघि बढाउँदा निर्माणको लागत र समय दुवै बढेको एक अध्ययनले देखाएको छ।

बेनी-जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द

‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भने। पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उनले बताए।

सिंचाई आयोजना पानी तान्ने मोटर बाँड्दै

निर्माणाधिन राष्ट्रिय गौरवको सिंचाई आयोजनाले कृषकलाई भने जमिनमूनीबाट पानी तान्ने मोटर वितरण गर्ने गरेको छ।

गौरवका आयोजनाको विकास खर्च निराशाजनक

मुलुकका बजेट धेरै पाउने १० ठूला मन्त्रालयमध्ये स्वास्थ्य, खानेपानी, वन र संघीय मामिलाले गत वर्षभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् भने भौतिक, कृषि, पर्यटन, सहरी विकास र शिक्षा मन्त्रालयले कम गरेका छन्।

राजस्वतर्फ वार्षिक लक्ष्यको ५३ प्रतिशत संकलन: सात महिनाको पुँजीगत खर्च ६३ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा पूर्वाधारलक्षित पुँजीगत बजेटको १६.८७ प्रतिशत मात्रै खर्च गरेको छ। यसले आर्थिक वर्षको सात महिना बित्दा पनि सरकारी अधिकारी र निकायहरू आफैंले बनाएको योजना अनुसार काम गर्न असफल रहेको देखाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्