७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

फाइल तस्बिर।

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो। तालपोखरालाई क्षेत्र विस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ। तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरुको भनाइ छ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेको यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरु रुपन्देही, स्याङ्जा, तनहुँ, पूर्वीनवलपरासी लगायतका जिल्लाहरुबाट अवलोकनको लागि पर्यटकहरु पुग्ने गरेको बताउँछन् आन्तरिक पर्यटक सागर भुसाल। उनले तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरु लोभ्याउने बताए।

स्थानीय नगर सरकारलेसमेत पर्यटन प्रवर्द्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ। तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउँछन्।

तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्नेसचिव सापकोटाको भनाइ छ। उनले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्यााउन टेवा पुर्‍याउने बताए।

प्रकाशित: ११ कार्तिक २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App