४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रसाईँको प्रदर्शन आज तीनकुनेमा, निषेधाज्ञा तोडेर सिंहदरबार छिर्ने चेतावनी

उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।

'धेरै फुरफुर गर्दा केपी ओलीको पार्टी नै सकियो': प्रसाईँ

आन्दोलनका सभामध्ये तीनकुनेमा एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत र बल्खुको सभामा व्यवसायी प्रसाईं प्रमुख वक्ता थिए। जसमा दुवै पक्ष वर्तमान सरकारभन्दा बढी एकअर्काविरुद्ध चर्को खनिएका छन्।

बल्खु र तिनकुनेमा जे भयो

भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।

संविधानविरोधी प्रदर्शनमा सरकार निरीह

एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन् ।

बल्खुको अवस्था सामान्य, सानेपा पुगे प्रदर्शनकारी

काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ।

बल्खु र तिनकुनेमा भेला हुन थाले प्रदर्शनकारी (तस्बिरसहित)

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले गर्न लागेको भेलामा प्रदर्शनकारीहरु जम्मा हुन थालेका छन्।

रिङ्ग रोडको चोक-चोकमा निस्कँदै छन् प्रदर्शनकारी (तस्बिरहरू)

तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन्। सो क्षेत्रमा युवाहरू बढी देखिएका छन्।

हरिबोधनीमा प्रसाईं–बस्नेतको हल्लीखल्ली

सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सुरक्षा निकाय ‘हाइअर्लट’माः स्ट्राकिङ टोली, रिजर्भ टोली, ड्रोन र सिसि क्यामेराबाट निगरानी

उपत्यकाको सुरक्षा अवस्था बिहान नौ बजेसम्म सामान्य छ। तर आज बिहान साढे दश बजेबाट हुने भनिएका दुई समूहका प्रदर्शनका कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले आफ्ना सबै संयन्त्रलाई सडकमा परिचालन गरिसकेको छ।

भयका कारण आज उपत्यकाका २ सय विद्यालय बन्द

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्।

आज ओली–प्रसाईं आमनेसामने:प्रदर्शनमा घुसपैठ हुन सक्ने प्रहरीको आशंका

सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आजको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्।

सर्वसाधारणलाई मध्यरातमा उठाउन जाने युवा संघका सचिवालय सदस्य विनोद राई!

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ।

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाइयो

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बुधवार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

व्यवसायी दुर्गा प्रसाईंले ७ गते बल्खुमा प्रदर्शन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्