२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बल्खुको अवस्था सामान्य, सानेपा पुगे प्रदर्शनकारी

काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरपीतर भएका छन्। अहिले प्रदर्शनकारीहरू ललितपुरको सानेपामा पुगेका छन्।

बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो भने प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए।

प्रकाशित: ७ मंसिर २०८० १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App