१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाइयो

युवा संघ भन्छः हाम्रो संलग्नता छैन

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बुधवार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आफूलाई यूवा संघका कार्यकर्ता भन्ने समूहले दुर्गा पर्साइको आन्दोलनमा आएको हो भन्दै जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको भिडियोमा देखिन्छ।

‘जहाँबाट आएको हो उतै फर्कनुस् मध्यरातमा धम्कीपूर्ण शैलीमा भनिएको छ। उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको आलोचना सुरु भएको छ। 

उक्त घटनाको आलोचना गर्दै कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाईँको कार्यक्रमलाई सहयोग गर्ने समेत बताएका छन्। 

‘लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु स्वाभाविक हो, तर मध्यरातमा सुतिरहेकालाई कुनै पनि चाहानामा हस्तक्षेप गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा प्रवीण कार्की लेख्छन्, ‘यसले अन्ततः द्धन्दलाई बढवा दिन्छ।’

 ‘म दुर्गा प्रसाईँको पक्षमा हैन, छैन पनि, तर यो ज्यादती विरुद्ध उभिनै पर्ने देखियो,’ सामाजिक सञ्जालमा सदिच्छा कार्की लेख्छिन्, ‘उनको कार्यक्रममा सहयोग गर्न तयार छु।’

तर, युवा संघले भने उक्त काम आफूहरुको नभएको दावी गरेको छ।  

यस्तो छ युवा संघको भनाइः

हामी अमनावीय काममा लाग्दैनौ, समाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिदैँनौ,  हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौं, त्यसपछिसाथीहरु आफ्नो स्थानमा जानुभएको छ। अहिले प्रहरीले भनेपछि यो घटना थाह पाए, मैले र्यालीमा भेट हुुने वातावरण नहोस भनेको थिए। यस्तो भए रुट डाइभर्ट गरिदिनु भनेको थिए, हामीले हिजो साँझ सांकेतिक विरोध गरेका हौ, हाम्रा साथीहरुले यस्तो अमानवीय हर्कत गर्दैनन, हामी पनि यो घट्नामा छानवीन गरिरहेका छौ, घुसपैठ भएको हुनसक्ने आशंका भएका छन्। हामी आफै सिरिसय भएर छानवीन गरिरहेका छौ, महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन। प्रहरीले पनि छानवीन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं। अध्यक्ष क्षितिज थेवे  

००

राती ११ बजेसम्म हामी युवा संघको कार्यालयमा रहेका छौ, हाम्रो नाममा यस्तो कसैले गर्यो कि भन्ने आशंका छ, हामीलाई बद्नाम गर्न यसोगरियो, बास बसेको चरीलाई त कसैले केही गर्नु हुँदैन भन्ने मान्यता रहेको छ, हामीसँग पनि मानवता छ, मानवता विरुद्ध कोही कसैले यस्तो गरेको हुनुपर्छ । 

राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल

प्रकाशित: ६ मंसिर २०८० ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App