टाढिँदै सरकार-मोर्चा
संविधान संशोधनसँगै सरकारमा सहभागी हुने योजना बुनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सम्बन्ध चिसिन थालेको छ। मोर्चाका माग सम्बोधनमा सरकारले ढिलासुस्ती गरेको भन्दै मोर्चाका कतिपय नेता सरकारसँग सम्बन्धमा दरार सिर्जना भएको बताउन थालेका छन्।