१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

भनेजति मन्त्रालय नपाए सरकारमा सहभागी नहुने पौडेल पक्षको निर्णय

काठमाडौं–सम्मानजनक र चित्तबुझ्दो संख्या नपाएसम्म सरकारमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले निर्णय गरेको छ। पौडेल निवासमा बसेको उनी पक्षधरको भेलाले सरकारमा सहभागी हुन सम्मानजनक र चित्तबुझ्दो संख्या हुनुपर्ने निष्कर्ष निकालेको हो।

‘हामीले भनेअनुसको संख्या र सम्मानजनक सहभागीता नभए सरकारमा सहभागी नहुने भेलाले निर्णय गरेको छ,’ भेलामा सहभागी एक नेताले भने, ‘त्यसकालागि सभापतिसँग छलफल गर्ने निर्णय भएको छ।’

पौडेलले आफू पक्षलाई पाँच मन्त्रालय दिनुपर्ने मागगर्दै आएका छन्। तर सभापति शेरबहादुर देउवाले भने चार मन्त्रालय दिन सकिने बताएपछि पौडेल पक्ष आफूले भनेको संख्या नपाए सरकारमै नजाने पक्षमा पुगेको हो। पौडेललाई मनाउन बुधबार विहान उपप्रधानमन्त्री बिमलेन्द्र निधिले भेटवार्ता गरेका थिए। तर सो भेट पनि सकारात्मक नभएको स्रोतले जनाएको छ।

 

प्रकाशित: ८ भाद्र २०७३ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App