हीराबहादुर घर्तीमगर
रोल्पा- थबाङ–४ जुरबाङका फुला रोकामगर विगत नौं वर्ष यता आफ्नो दैनिकी एक्लै चलाई रहेकी छिन। उमेरले उनी ३९ वर्ष पुगिन। उनको साथमा चार कक्षामा पढ्दै गरेको ११ वर्षीय छोरा अमित र कक्षा १ मा पढ्दै गरेकी ८ वर्षीय छोरी सुशिला छिन। वैदेशिक रोजगारीका सिलसिललामा खाडी मुलुक साउदी पुगेका श्रीमान पञ्चबहादुर रोकामगर नौं वर्ष देखि साउदीमै जेल परे पछि उनको दैनिकी एक्लै चल्दै आएको हो। छोराछोरीको अभिभावकको जिम्मेवारी समेत थामी रहेकी फुलाको एक्लो दैनिकी कहिले सम्म जारी रहने हो उनी आफैंलाई थाहा छैन।
लोग्नेको अभावमा कष्टकर जीवन बिताउँदै आएकी फुलाले जेलमा रहेका आफ्ना श्रीमानको उद्धार गरी दिन सरोकारवालालाई आग्रह गरिन। उनले भनिन् ‘सरकारलाई जसरी पनि मेरो श्रीमानलाई घर फर्काई दिन आग्रह गर्छु। सरकारले पहल गरी दिए पछि त हुन्छ होला भन्ने लाग्छ। मेरो श्रीमानलाई घर फर्काई दिन सबैले पहल गरी दिनु पर्यो।’
लोग्नेको अभावमा कष्टकर जीवन बिताउँदै आएकी फुलाले जेलमा रहेका आफ्ना श्रीमानको उद्धार गरी दिन सरोकारवालालाई आग्रह गरिन। उनले भनिन् ‘सरकारलाई जसरी पनि मेरो श्रीमानलाई घर फर्काई दिन आग्रह गर्छु।
लोग्ने विगतमा धन कमाउन विदेश गए पनि अब आफूलाई पैसा भन्दा लोग्नेको चिन्ता रहेको उनले बताईन। ‘विगतमा पैसा कमाएर ल्याउलान र सुख, सुविधा होला भनेर लोग्नेलाई विदेश पठाइयो। त्यो सपना अब त्यत्तिकै भयो ।’ उनले थपिन ‘अब मलाई पैसा होईन, मेरो श्रीमान घर आई दिए पुग्छ । मेरो श्रीमान घर नै नफर्किने हुन कि भन्ने चिन्ताले सधैं सताई रहन्छ।’
स्वदेशमै रोजगारी नपाउँदा महिलाले दुःख काट्नु परेको उनले सुनाईन । उनको गुनासो थियो ‘नेपालमै काम पाउने भई दिएको भए विदेश जान कसैलाई रहर हुँदैन । लोग्ने विदेश जाँदा महिलाले यहाँ यत्ति धेरै दुःख काट्नु पर्छ । दुःखको बारेमा भनेर साध्य नै छैन । तर मेरो जस्तो दुःख अरु महिला दिदी बहिनीले नपाउन । सरकारले पनि हाम जस्ता गरिबलाई यतै काम दिन पहल गरोस् ।’
छोराछोरीले बेला बखतमा बुवा खोजेर हैरान पार्ने गरेको उनले बताईन । ‘बुवा कहिले आउनु हुन्छ । कहाँ जानु भएको छ । किन आउनु हुन्न भनेर हैरान गर्छन ।’ उनले विगत सम्झिन पुगिन ‘मैलें आउने/नआउने कुनै ठेगान छैन भनेर सम्झाउँछु । मन भित्र देखि भक्कानिएर आउँछ । कहिलेकाही समालिन नै गाह्रो हुन्छ।’ आफूहरुले लेखपढ गर्न नजान्दा पनि समस्या आई लागेको उनले बताईन ।
यसरी जेल परे पञ्चबहादुर
अठार वर्ष अघि पञ्चबहादुर धन कमाउन खाडी मुलुक साउदी अरब पुगेका थिए। त्यहाँ उनी मझरा (भेडा हेर्ने) काम गर्थे । नौं वर्ष उनले एउटै साहुसँग काम पनि गरे । नौं वर्षको अवधिमा उनी दुई पटक घर बिदामा आए । बिदा मनाएर उनी फेरी विदेशीए । सन मेनपावर मार्फत उनी साउदी पुगेका थिए। पञ्चबहादुरले काम गर्ने साहु कहाँ तीन जना भारतीय नागरिकले पनि काम गर्थे । उनीहरुले ग्यारेजमा काम गर्दथे । साहु एउटै भएकाले पञ्चबहादुर र भारतीय नागरिक कहिलेकाही सँगसँगै काम गर्दथे।
पञ्चबहादुरका अनुसार तर ती भारतीय नागरिक काम ठगेर बस्ने गर्दथे । पञ्चबहादुरले भने ‘कामकै विषयमा विवाद भयो । मलाई ती भारतीयले बेसरी कुटे । खुट्टामा घाउ बनाई दिए । मैलें पनि रिस थाम्न सकिन । त्यही क्रममा एक जना भारतीय नागरिकको मृत्यु भयो। त्यही केशमा मलाई जेल हालियो । नौं वर्ष देखि म साउदीको हायल सेन्टर जेलमा छु।’
मृत्यु भएका भारतीय नागरिकका परिवार अहिले सम्म पनि सम्पर्कमा नआएका कारण उनको मुदा फैसला हुन नसकेको हो ।
मृत्यु भएका भारतीय नागरिकका परिवार अहिले सम्म पनि सम्पर्कमा नआएका कारण उनको मुदा फैसला हुन नसकेको हो । मुद्धा किनारा लगाउन साउदी अदालतले नेपालको दुतावासमा सम्पर्क गर्न वा मृतकका परिवारलाई उपस्थित गराउन भनेको छ । आफू बाँचेर घर फर्कन चाहेको उनले सुनाए । उनले भने ‘म बाँचेर घर फर्कन चाहान्छु । जेलमै सड्न चाहान्न । मलाई यो कालो कोठरीबाट मुक्ति दिलाउन पहल गरी दिन सबैसँग आग्रह गर्दछु ।’
पञ्चबहादुरले आफू हत्या अभियोगमा नौ वर्ष देखि जेलमा रहे पनि सरोकारवालाले चासो नदिएको गुनासो गरे । उनले गुनासो गरे ‘म जेल परेको सबैलाई थाहा छ । तर न त कुनै संघ संस्था सोधपुछ गर्न आउँछन । न त दुतावास नै आउँछ । म त एउटा सडेको जनावर जस्तै भएँ ।’
पञ्चबहादुरले नेपालीलाई स्वदेशमै रोजगार हुन आग्रह गरे । उनले थपे ‘मेरो जन्म भूमीमा पाइला राख्ने सपना पुरा होला नहोला । तर म यही जेलमा सडेर गए पनि मेरो देश बाँची रहोस् । नेपालीहरु पनि स्वदेशमै रोजगार भई बसुन । म जस्तै खाडीको जेलमा नसडुन।’
प्रकाशित: ७ भाद्र २०७३ ०९:४७ मंगलबार