प्रदेश सरकारसँग छैन पर्यटकको तथ्यांक
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्यो। ‘यसपालि, घुमौँ कर्णाली’ नारा दिएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्ष उद्घाटन गरेको एक महिना बितिसकेको छ। तर प्रदेश सरकारसँग यस अवधिमा कर्णालीमा कति पर्यटक आए कुनै तथ्यांक छैन।