८ वैशाख २०८१ शनिबार
अर्थ

उखु किसान भन्छन्–बक्यौताको हिसाबै मिलेन

काठमाडौं - सरकार र उद्योगीले वास्तविक बक्यौताभन्दा फरक तथ्यांक देखाएको भन्दै सर्लाहीका उखु किसानले सोमबारदेखि किसानको घरघर पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्। लामो समयदेखि उद्योगीले उपलब्ध गराउनुपर्ने बक्यौता रकम नपाएको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गरेका उनीहरुले आउँदो फागुन ५ गतेसम्म तथ्यांक संकलन कार्यलाई आन्दोलनकै स्वरुप बताएका छन्। ‘सरकारले उद्योगीले भनेकै भरमा बक्यौताको तथ्यांक तोडमोड ग-यो, यसले किसानको करोडौं रुपैयाँ हराउने देखियो,’ किसान संघर्ष समितिमा संरक्षक राकेश यादवले भने, माइकिङ गर्दै किसानकहाँ जान्छौं र कोडसहित पुर्जी जम्मा गरेर सरकारलाई बुझाउँछौं।

उनले सबैभन्दा धेरै अन्नपूर्ण सुगर मिलको तथ्यांक फरक परेको बताए। अन्नपूर्णले सरकारसँग ७० देखि ०७३ सालसम्मको बक्यौता नदेखाई सबै भुक्तानी भएको भने पनि किसानले उक्त समयको पनि मागगर्दै आएका छन्। सरकारले तोकेको समर्थन मूल्य नदिएर ३६ रुपैयाँ प्रतिक्विन्टलका दरले कम दिएकाले पनि रकम कम देखिएको मिश्र बताउँछन्। पोहोर महालक्ष्मीले १२ लाख र अन्नपूर्णले १० लाख क्विन्टल गरी २२ लाख क्विन्टल उखु क्रसिङ गरेकाले सोको हुनआउने रकम सात करोड ९२ लाख सरकारको तथ्यांकमा नभएको उनको भनाइ छ। अन्नपूर्णले आर्थिक वर्ष ०७४/७५ को अनुदानको आधा रकम दिन आनाकानी गरेकोले सरकारले उद्योगीबाट उक्त रकम असुल्न सहयोग गर्नुपर्ने किसानको माग छ।

अन्नपूर्णले सरकारले सिधै खातामा राखिदिएको आर्थिक वर्ष ०७४/७५ को प्रतिक्विन्टल ६५ रुपैयाँमध्ये ३२ रुपैयाँमात्र भुक्तानी दिएको छ, उनले भने, बाँकी ३३ रुपैयाँमाउसले क्रसिङ गरेको १२ लाख क्विन्टलको तीन करोड ९६ लाख हुन आउँछ। सर्लाहीका उखु किसानले तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ २० देखि फागुन ५ सम्म बक्यौताको तथ्यांक संकलन, फागुन ६ देखि २१ एक छाकमात्र खाना खाएर उपवास बसी खेतमा काम गर्ने, फागुन २२ देखि चैत २ सम्म ‘चालु काठमाण्डू, घरु काठमाण्डू’ अभियान चलाएर चैत ४ देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने योजना बनाएका छन्। मिश्रले भने,‘कुरा पहिलाको भुक्तानीको मात्र हैन, अन्यमागको दीर्घकालीन समाधान खोज्नुपनि हो।’ उनले फागु पुर्णिमा सम्ममा सरकारले माग पूरा गर्न चासो नदेखाए यो तालिकामा परिवर्तन नआउने बताए।

किसानहरु अर्को वर्षदेखी उखु खेती नै नगर्ने मनस्थिति पुगेर खेत खाली गराउन लागेका छन् ।

उता अन्नपूर्ण र श्रीराम सुगर मिलले क्रसिङ सुरु नगर्दा त्यस आसपासका किसानलाई प्रभावमा पारेर बिचौलियाले उखु उठाउन सुरु गरेका छन्। उखु उत्पादक संघका अध्यक्षक पिलमुनि मैनालीले नजिकको मिल बन्द हुँदा सामान्य किसानले उखु टाढा पु-याउन नसकेको कमजोरीको फाइदा उठाएर बिचौलियाले सस्तोमा उखु उठाउन लागेको बताए। ‘सबैले गाडीमा राखेर हरिवन पु-याउन सक्दैनन्, यसको लागि अरुकै भरपर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘किसानहरु अर्को वर्षदेखि उखु खेतीनगर्ने मनस्थितिका साथअहिले जसरी हुन्छ, खेत खालि गराउन लागेका छन्। उद्योगीले अहिले पनि उखु पाउन नसकिरहेको मैनालीले बताए। अहिले सञ्चालनमा रहेको महालक्ष्मी चिनी मिलले क्षमता अनुसार उखु नपाएको मैनालीको भनाइ छ। ‘कतिपय किसानले भुक्तानी नपाउने डरले उखु दिन डराइरहेका छन्, केही बाहिरका मिलले गाउँमै गएर काँटा राखेर बसेका छन्,’ मैनालीले भने,‘महोत्तरीको एभरेस्ट सुगर मिलले महालक्ष्मीको एरियामा गएर उखु उठाउन थालेको छ।

यसले यस वर्ष मिलले पर्याप्त उखु नपाउने देखाएको छ। मैनालीले पछिल्लो समय उखु किसानले गरेको आन्दोलनको प्रभावले गत सालको भन्दा सजिलो गरी भुक्तानी पाउन थालेको बताए।‘उद्योगीले १५ दिनमै भुक्तानी नदिएपनि महिना दिनदेखि ४५ दिनमा भुक्तानी दिन थालेका छन्,’ उनले भने, ‘वर्षौं कुर्नुपर्ने भुक्तानीलाई एक–डेढ महिनाकुर्न त त्यत्तिगाह्रो भएन।

प्रकाशित: २१ माघ २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App