६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदले सरकारलाई व्यंग्य गर्दै सोधे : 'सत्ता टिकाउन, विदेशी डलर पाउन आफै किन बिक्छौ?'

काठमाडौं- समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए। उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजार मूल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरि सरकारलाई व्यंग्य गरे।

“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजार देखी सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,

शैसब कालमै सम्मृद्धिलाई कोरोना भाईरसले खाईसक्यो ।

समानता स्वतन्त्र शिकिस्त छन् , लोकतन्त्र पनि थलो ल परिसक्यो

संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी

के अपराध भो जन्मनु भई जनजाति र मधेशी

गास,बास ,कपास माग्दा कुरा मात्रै चिला

जनता आवास, भूमि ऐन पनि कहा छ र गतिला ?

हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ

सत्ता टिकाउन ,विदेशी डलर पाउन आफै किन बिक्छौ ?

यहाँ सम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ  ?

सरकार,

न्याय र समानताको नारा लगाउछौ बेसरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,

जनता किन भोकै छ् गर्यौ कहिलेही खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले सिवाय तिरस्कार र अपमान

तिमिलाई छुट कसरी ? गर्न वाईड वडी र एनसेल काण्ड

पुखौको पौरख गुमाउदै हसाई पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो

के गर्यौ सरकार कुखुराको मुल्यले होलिको मुखैमा पिरोलिसक्यो ।”

प्रकाशित: २२ माघ २०७६ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App