४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आफ्नै लोगो सार्वजनिक, विपन्न र एचआईभी संक्रमतिलाई सहयोग

म्याग्दीको बेनी नगरपालिकाले स्थापना दिवसको अवसरमा आफ्नै ‘लोगो’ सार्वजनिक सहित विविध कार्यक्रम गरेको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गदैं नगरबासीको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

झोले संस्थालाई सहयोग दिन्नौं: मेयर थापा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा पैसा माग्न धेरै संघसंस्था आउने गरेको बताउँंदै झोले संस्थालाई पैसा नदिने बताएका छन्।

‘प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या’

हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।

अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

सनराइज बैंकद्वारा धनगढीमा सहयोग

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजेक्टर हस्तान्तरण गरेको छ।

प्रयास नेपालका बालबालिकालाई हिमालय एअरलाइन्सको सहयोग

हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको ‘स्टेप टुर्वड्स एजुकेशन’मार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैसातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत

नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।

अझै खुलेनन् पलाँतामा विद्यालय

जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन्। कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ।

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो।

बादी र विपन्न समुदायलाई सहयोग जुट्दै

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन।

सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।

नशारहित समाज नेपाललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माण गर्न पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

राउटे समुदायको व्यवस्थापन गर्न माग

जंगलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ।

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र एकसयवटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकले बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरूप १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्