३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा धनगढीमा सहयोग

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजेक्टर हस्तान्तरण गरेको छ।

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले उक्त शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधि ओझालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न उक्त सामग्रीले मदत पुर्‍याउने बताएका छन्।

यसका साथै बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका छन्। सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए।

साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीलाई आफ्ना साइकल सुरक्षित रूपमा राख्न सहज होस् भनी सय वटा क्षमताको साइकल स्ट्यान्ड समेत बनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App