१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नशारहित समाज नेपाललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माण गर्न पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

 उपचार केन्द्रले स्थापनाकालदेखि नै रक्सी तथा लागु पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहका मानिसलाई कुलतबाट छुट्कारा दिलाउन मदत गर्दै आएका छन्। हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा उपचार गरिरहेका छन्।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले वैशाख ७ गते सो रकम संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका छन्।  

प्रकाशित: १२ वैशाख २०८० ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App