४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकले बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरूप १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थाका इन्चार्ज गोविन्द विश्वकर्मालाई सहयोग रकम हस्तान्तरण गरेको हो। बालविकास समाजमा रहेका १०० जना बालबालिकामध्ये १५ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने जानकारी संस्थाका कार्यक्रम इन्चार्ज विश्वकर्माले दिएका छन्।

बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ। यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App