५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘मेरो किसान मेरो अन्नदाता’ अभियान निरन्तरता

कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

फाँटभरी तरकारी छ तर मूल्य छैन

काठमाडौं उपत्यकालाई हरियो तरकारीको भरथेग गर्ने पाँचखाल उपत्यकाका फाँटहरुमा यतिखेर किसानहरु देखिँदैनन्। सिजनभरि मेहनत गरी फलाएको कृषि उपजले भाउ र बजार दुबै नपाएपछि किसानले खेतमा टेक्नै छाडेका हुन्।

मनकारी किसानको उदाहरणीय काम

लकडाउनका कारण खेतबारीमा फलेको तरकारी नविकेर नष्ट गरिएको घटनाहरु धेरै सार्वजनिक भइरहेको बेला भक्तपुरका एक किसान परिवारले भने सवैका लागि उदाहरणीय काम गरेर देखाइदिएका छन् ।

आस गरिएका मन्त्री भुसाल कृषिमा नयाँपन दिन चुके

नयाँ काम गर्न खोज्ने र समाजवादी चिन्तकको छवी बनाएका कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाललाई कोभिड—१९को प्रकोपको बेला कृषिमा नयाँ कार्यक्रम ल्याएर देखाउने अवसर थियो। प्रखर आलोचक भुसालले मन्त्रालयको नेतृत्व सम्हालेपछि धेरैमा आसा जागेको थियो— ‘अब कृषिमा पुर्नसंरचना हुन्छ। किसान लक्षित नयाँ कार्यक्रम आउँछन्। कृषि उत्पादन वृद्धि हुन्छ।’

सलहले समस्या निम्त्याउने भन्दै किसान चिन्तित

भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।

देशभर अमेरिकन फौजी कीराको प्रकोप

धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।

'रोप, रोप रोप्नेरीऔं असारमा गोडौंलीं'

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि जोखिममा पर्दै गइरहेको बेला सरकारले लागु गरेको बन्दाबन्दीले डोल्पाको धान रोपाई मेलालाई भने छुन सकेन। लकडाउनका बीच पनि हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाई मेला सम्पन्न भएको छ।

विपन्न तथा दलित परिवारलाई बाख्रा वितरण

आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो।

उखु किसान भन्छन् : लकडाउन मात्र हटोस् आन्दोलन गर्न काठमाडौं आउँछौं

गत चैत ४ गते सर्लाहीका ५० बढि उखु किसान वक्यौता भुक्तानीको माग गर्दै आन्दोलनका गर्न काठमाडौं आए। गएको पुस महिनामा दुई हप्ता राजधानी केन्द्रित आन्दोलन गरेका उनीहरु सरकारले माघ ७ गते भित्र सबै भुक्तानीको लागि पहल गर्ने र विस्तारै किसानको हितमा व्यवस्थाहरु गर्ने आश्वासन पछि पुस १८ मा पाँच बुँदे सहमति गर्दै आन्दोलन स्थगित गरेका थिए।

किसानको तरकारी किन्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका किसानको ५४ हजारभन्दा बढि मूल्यको तरकारी किनिदिएका छन् ।

लकडाउनले नरोकेको खेती

२०७२ सालको भूकम्पले हामीलाई बस्नका लागि बलियो घर चाहिने रहेछ भन्ने कुरा बुझाएर गयो।अहिले सानोतिनो भूकम्प आउँदा मानिस आत्तिँदैनन्।किनकि साना भए पनि अहिले केही पक्काखालको बनाइएको छ। भूकम्प त फुत्त आयो। तहसनहस बनायो। र फुत्तै गयो।

रासायनिक मल नपाएको किसानको गुनासो

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका किसानले मल नपाएको गुनासो गरेका छन् । साविकको चिसापानी–४ का किसानले अन्नबाली लगाए पनि हालसम्म किन्नका लागि समेत रासायनिक मल नपाइएको गुनासो गरेका हुन् । बिहिबार भएको किसानको भेलाले तत्काल बजारमा मल उपलव्ध गराउने वाताबरणका लागि गाउँपालिका समक्ष माग गर्ने निर्णय गरेका छन् ।

बन्दा किलोको दुई रुपैयाँं !

तपाई काठमाडौमा बस्नुहुन्छ र तरकारीको मूल्य महँंगो जस्तो लाग्छ भने भक्तपुरका किसानको दुःख त्यसको ठिक उल्टो छ। लकडाउनका कारण उनीहरु खेतको बन्दा (बन्दाकोपी) प्रतिकेजी एक/दुई रुपैयाँंमै बेच्न बाध्य छन्।

सलह किरा रोकथामको तयारी गर्दै कृषि मन्त्रालय

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ। यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्