२० आश्विन २०८१ आइतबार
image/svg+xml

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्।

बाघ नियन्त्रण गर्न प्राविधिक पुग्दै बाँकेको राप्तीपारी

बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय प्रहरीका अनुसार बिहान साढे १० बजेतिर सदाबहार सामुदायिक वनभित्र दाउरा काट्न गएकी चाँदनीलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो। घटनास्थल मानव बस्तीबाट करिव ५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।

वन नियमावली मस्यौदा सुधारको माग गर्दै फेकोफोन ताप्लेजुङले बुझायो ज्ञापनपत्र

ज्ञापनपत्र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।

‘प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्नुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वानसमेत गरिन्।

सामुदायिक वनमा अब फलफूलका विरुवा

सामान्यत सामुदायिक वन भन्ने वित्तिकै उपभोक्ताले घाँस दाउरा उपभोग गर्ने बुझिन्छ। आफैले स्याहारेको वनबाट घाँस दाउरा लिन उपभोक्तालाई छुट दिने प्राबधान छ।

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका दुई घाइते

कड्कुवा सामुदायिक वनमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाँस काट्न गएका २१ वर्षीया लीला परियार र १४ वर्षका नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

उपभोक्तालाई सामुदायिक वनको सोलार र ग्याँस

यहाँको एक सामुदायिक वन उपभोक्ता समूह (सावउस)ले उपभोक्तालाई सोलार बत्ती र ग्याँस चुल्हा वितरण गरेको छ।

बाँदर भुलाउन जंगलमै फलफूल

तरकारी फलफूल, बारीमा रहेको मकै घरमै पनि आएर थन्काएको खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि दरौँदीडाँडा सामुदायिक वनका किसानले जंगलमै फलफूलको बिरुवा रोपेका हुन्।

सल्यानमा महिला मृत अवस्थामा फेला

२६ गते घरबाट निस्केकी उनी शुक्रबार दिउँसो डाँग्रीबसौना सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

‘हरियो वन, नेपालको धन’ लाई साकार पार्न वन क्षेत्रको संरक्षण गरौँः मन्त्री आले

वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन्।

सामुदायिक वनमा भिषण डढेलो, वस्ती जोखिममा

जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । भिषण डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ। डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले बताए।

बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।

धनकुटाको चुलिबन सामुदायिक वनमा भीषण आगलागी, एक घर जलेर नष्ट

धनकुटा नगरपालिका वडा नं.७ चुलिबन सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ। चुलिबन सामुदायिक वनमा लागेको डढेलो वन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको वडा नं.७ का वडा अध्यक्ष जंगबहादुर राईले बताए।

एक दर्जन सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्