६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सामुदायिक वनमा भिषण डढेलो, वस्ती जोखिममा

डम्बर्खुशिवालय सामुदायिक वनमा लागेको डढेलो । तस्बिर सौजन्य: याम राई

खोटाङको जन्तेढुंगा गाउँपालिकाका एक सामुदायिक वनमा भिषण डढेलो सुरु भएको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित डम्बर्खुशिवालय सामुदायिक वनमा डढेलो सुरु भएको हो। शुक्रबार दिउँसो कुभिन्डे गिद्धेडाँडाबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको डम्बर्खुशिवालय सामुदायिक बनका अध्यक्ष नृपबहादुर चम्लागाँईले बताए । १६५ हेक्टरमा फैलिएको सामुदायिक बनको करिब २ हेक्टर क्षेत्र डढेलोले बिनास गरिसकेको छ।

जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । भिषण डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ। डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले बताए। डढेलोका कारण हाँडीखोलाका १० घर उच्च जोखिममा परेका छन्। यस्तै, कुभिण्डे, कात्तिके, तिल्के, सल्लेरी र सार्कीडाँडा वस्तीमा रहेका ३० भन्दा बढी घर पनि जोखिममा रहेको बताइएको छ। डढेलो नियन्त्रणका लागि प्रहरीलाई खबर गरिसकिएको सामुदायिक बनका अध्यक्ष चम्लागाँईले बताए।

डढेलोले पशुपन्छीको बासस्थानका साथै स–साना बोट बिरुवा नास गरेको छ । सामुदायीक वनमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन। सल्ला, साल, चिलाउने, उत्तिसलगायतका बोट बिरुवा रहेको जंगलमा २०७४ साल चैत दोश्रो साता पनि भिषण डढेलो लागेको थियो।

प्रकाशित: ११ वैशाख २०७८ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App