८ वैशाख २०८१ शनिबार

आगलागी नियन्त्रणमा न जनशक्ति न उपकरण

आगलागी र डढेलोका घटना बर्सेनि बढिरहेका छन्। यसबाट मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन।

आगलागीबाट घाइते बाबु–छोरीलाई खाँडाचक्रले दियो तीन लाख ८० हजार राहत

आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ।

चितवनमा वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरेको हो।

सामुदायिक वनमा ठूलो परिमाणको अवैध काठ कटान

कटारी नगरपालिका ३ च्याङास्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट ठूलो परिमाणको अवैध काठ कटान भएको स्थानीयले बताएका छन्। झण्डै २ सातायता समूहको जंगलक्षेत्रमा जताततै ४८ वटा रुख ढालेर गोलीया बनाई अज्ञातस्थलतर्फ लाने गरेको पाइएको छ।

सामुदायिक वनमा भिषण डढेलो, वस्ती जोखिममा

जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । भिषण डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ। डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले बताए।

एक दर्जन सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

डढेलो गाउँमा पस्योः चार घर र बाख्रा फार्म जलेर नष्ट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो।

डोटीकाे जोरायल जङ्गलमा आगलागी

डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्