९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका दुई घाइते

वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को एक सामुदायिक वनमा विस्फोटक पदार्थ विस्फोट भएको छ। विस्फोट हुँदा २ जना घाइते भएका छन्।

कड्कुवा सामुदायिक वनमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाँस काट्न गएका २१ वर्षीया लीला परियार र १४ वर्षका नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ।  

दैलेखको गुराँस गाउँपालिकाका ती घाइतेहरुको अहिले देउती अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सो क्षेत्र नेपाली सेनाले फायरिङको तालिम गर्ने इलाका र सडक विभागले विस्फोटक पदार्थ विस्फोट गर्ने क्षेत्र हो।

प्रकाशित: ६ कार्तिक २०७८ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App