२० आश्विन २०८१ आइतबार
image/svg+xml

डढेलो गाउँमा पस्योः चार घर र बाख्रा फार्म जलेर नष्ट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो।

एक सामुदायिक वन, एक उद्योग बनाइने

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले प्रत्येक सामुदायिक वनमा एक उद्योग बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

डोटीकाे जोरायल जङ्गलमा आगलागी

डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्।

वन पैदावरमा आधारित उद्योग चलाउने प्रदेश महासंघको निर्णय

वर्षेनी हुने काठजन्य बस्तु आयात न्युनिकरण गर्न खेर गैरहेको वन पैदावरलाई उपयोग गर्नुपर्नेमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जोड दिएको छ ।

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

उपभोक्ता समूहमार्फत वन फँडानी

‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’

सामुदायिक वन फाँडेर सडक निर्माण

चालु आर्थिक वर्ष सकिनै लाग्दा महोत्तरीमा जताततै हराभरा सामुदायिक वन फाँडेर सडक बनाउन थालिएकाे छ । पछिल्लोपटक जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा सघन वनक्षेत्रभित्र वनपाखा फाँड्दै सडक बनाउने क्रम बाक्लिएको हो ।

मन्त्रिपरिषद्को निर्णय विपरीत सामुदायिक वन, अझै रोकिएन रुख कटान

मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ ।

फेकोफोनले गर्‍यो सत प्रतिशत प्रगतिसहितको नतिजा सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले पवित्र हिमालय भू–परिधि कार्यक्रमको १ वर्षे योजनाको समिक्षा तथा सरोकारवाला सदस्यहरुसंग अन्तरसम्बाद गरेको छ । पवित्र हिमालय भू–परिधि कार्यक्रम तीनजुरे–मिल्के–जलजले संरक्षण क्षेत्र आयोजनाको सहयोगको सञ्चालित योजना हो ।

दाइजोका लागि ‘फर्निचर’ बनाउन सामुदायिक वनको काठ उपलब्ध नगराइने

शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ। दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागू गरेको छ।

वन क्षेत्र व्यवस्थापन र रोजगारी

जसरी हामी सामुदायिक वन व्यवस्थापन र समुदायमा आधारित संरक्षण क्षेत्र व्यवस्थापनको कोणबाट विश्वभरि प्रख्यात छौँ, त्यसैरी नै यी वन क्षेत्रको सही व्यवस्थापनबाट आर्थिक समृद्धि प्राप्त गरी प्रख्यात हुनु जरुरी छ।

वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनिमियतता

सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्रीबाट भएको आम्दानीमा व्यापक अनिमियतता भएको तथ्य सार्वजनिक भएको छ । मधुवन नगरपालिका–४ मा रहेको शान्ति महिला सामुदायिक वनमा गत वर्ष कटान भएका ९७ वटा रूख बिक्री गरी अनिमियता गरिएको भेटिएको हो । आठ हजार क्यूफिट काठ बिक्री गरी आम्दानी भएको रकममा हिनामिना भएको उपभोक्ताको दाबी छ ।

निकुन्जबाट बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद

निकुन्ज गस्ती टोलीले मध्यवर्ती क्षेत्र अन्र्तगतका सामुदायिक वनमा बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद गरेको छ । हिमाली जिल्ला डोल्पामा निकुन्ज स्थापना भएको ४७ वर्षपछि पहिलो पटक चोरीशिकारीमा प्रयोग गरिदै आएका बन्दुक ठूलो संख्यामा बरामद गरिएको हो ।

तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।

चोरी सिकारी बढेको गुनासो

लकडाउनको अवधिमा खोटाङमा वन्यजन्तु चोरी सिकारी बढेको गुनासो आउन थालेको छ । स्थानीय सरकार, प्रशासन र प्रहरीको ध्यान कोरोना भाइरसविरुद्धको लकडाउनको पालनामा केन्द्रित भएको अवस्थामा जिल्लाका विभिन्न वनमा मृग, कालिज, मयूरलगायतका वन्यजन्तुको चोरी सिकारी बढेको सामुदायिक वन उपभोक्ताकर्मीको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्