१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

वन पैदावरमा आधारित उद्योग चलाउने प्रदेश महासंघको निर्णय

कास्कीको पञ्चासे वन क्षेत्र । तस्बिरः नागरिक

सामुदायिक वन क्षेत्रबाट अर्बौं रुपैयाँ बराबरको वन पैदावार खेर गईरहेको छ । उत्पादित वन पैदावरलाई उपयोग गर्न अझै सकिएको छैन् । वन पैदावर उपयोग गर्न नसक्दा विदेशबाट वर्षेनी अर्बौ मूल्यको काठजन्य बस्तु आयात हुदैं आएको छ । वर्षेनी हुने काठजन्य बस्तु आयात न्युनिकरण गर्न खेर गैरहेको वन पैदावरलाई उपयोग गर्नुपर्नेमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जोड दिएको छ ।  

महासंघले वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्ने महासंघको आठौं पूर्ण बैठकले निर्णय गरेको छ । ‘सामुदायिक वनबाट उत्पादिन काठजन्य बस्तुलाई उपयोग गरी रोजगारी सिर्जना गर्ने उद्देश्यसहित वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेका हौ,ं’महासंघका अध्यक्ष कालीदास सुवेदीले भने, ‘सबै सामुदायिक वन उपभोक्ता महासंघ शेयर सदस्य वनन सकुन । आय आर्जन होस, रोजगारी सृजना होस भन्ने ध्येय छ ।’ उनले काठजन्य मात्रै गैरकाष्ठलाई समेत उपयोग गर्ने योजना रहेको बताए । उनका अनुसार खेर गएको सबैखाले काठलाई उपयोग गरेर आम्दानीको स्रोत वनाइने महासंघले जनाएको छ ।  

नेपालमा वर्षेनी ६ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकृतिका काठ आयात हुदैं आएको महासंघ अध्यक्ष सुवेदीले जानकारी दिए । ‘विदेशबाट २० प्रतिशत मात्रै आयात गरे हुन्छ,’ उनले भने, ‘बाँकी ८० प्रतिशत काठ गण्डकी प्रदेशकै सामुदायिक वनबाटै उपलब्ध हुन्छ ।’ गण्डकी प्रदेशमा ३ हजार ८ सय ३ वटा सामुदायिक वन छन् । ती सामुदायिक वनबाट काठजन्य उत्पादन विक्री वितरण हुदैं आएको छ । उनका अनुसार प्रदेशका सामुदायिक वनबाट वार्षिक २ लाख क्यूविक काठ बिक्री हुने गरेको छ । एक क्यूविक काठको सरकारी दररेट १ हजार २ सय रुपैयाँ छ । बजारबाट उपभोक्ताले खरीद गर्दा भने क्यूविकको ४ देखि ५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।  

सामुदायिक वन क्षेत्रमा रहेको काठ तथा गैरकाष्ठलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकता अनुसार कच्चा पदार्थ लगायत तयारी फर्निचर लगायत उत्पादन गरी बिक्री वितरण गर्ने योजना महासंघले वनाएको छ । ‘प्रदेशका सबै सामुदायिक वन उपभोक्तालाई लगानी (शेयर)गर्न आह्वान गर्ने छा,ैं’ उनले भने–‘लगानी अनुसार प्रतिफल पाउने र रोजगारी सृजनाको अवसर सिर्जना हुने विश्वास छ ।’ साल, चिलाउने, कटुस, उत्तीस, सल्ला, खयर, सिसौं लगायत वन पैदावारको प्रशोधन गरी कम्पोजिट उड, फिङगरजोन्ट, काठको सिजिनिङ र उपचार गरेर बजारमा पठाइने छ । वनबाट रोजगारीका अवसर सिर्जना गर्दै सामुदायिक वनलाई आत्मनिर्भर हुनेतर्पm उन्मुख हुने आधार वनने उनको भनाई थियो । ‘एक वन एक उद्यम अभियान’लाई समेत टेवा पुग्ने विश्वास महासंघको थियो ।  

डिभिजन वन कार्यालय कास्कीको तथ्यांक अनुसार २८ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल वनक्षेत्रले ओगटेको छ । तथ्यांक अनुसार कास्कीमा सामुदायिक वनले २१ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल ढाकेको छ । सामुदायिक वनमा झण्डै ४७ हजार ६ सय ७९ घरधुरी प्रत्यक्ष आवद्ध भएर लाभान्वित हुदैं आएका छन् । कार्यालयका सहायक वन अधिकृत कमल लम्सालका अनुसार संरक्षण वनले २ हजार ४ सय ६२ हेक्टर क्षेत्रफल ओगटेको छ । विशेष गरी पञ्चासे, जैविक विविधता पार्क (रानीवन) लगायतका छन् । त्यसैगरी पाँचवटा धार्मिक वन छन् । धार्मिकले ११.२ हेक्टर क्षेत्रफल ओगटेको छ । पोखरा–१९ घार्मीस्थित हरिहर गुुफा, लेखनाथस्थित जयगुरुदेव, लामाचौरस्थित सर्वेश्वर शिवालय र काँहुस्थित मुश्लिम समुदायको धार्मिक वन छन् । ४ हजार ५ सय २६ हेक्टर सरकारी वन रहेको तथ्यांक छ ।  

साविकको भरतपोखरी र सिद्ध गाविसमा काठ उत्पादन गर्ने वन रहेको सहायक वन अधिकृत लम्सालले बताए । ती दुई ठाँउमा सालका वन छन् । उनका अनुसार ९ वटा सामुदायिक वनले व्यवसायिक काठ उत्पादन गर्ने तर्फ केन्द्रीत रहेका छन् । कार्यालयले जडिबुटि विकास, सामुदायिक तथा कबुलियत वन विकास, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक, वन्य जन्तु संरक्षण तथा क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, विरुवा सुधार एवं वृक्षरोपण तथा नीजि वन कार्याक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रकाशित: २० माघ २०७७ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App