६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धनकुटाको चुलिबन सामुदायिक वनमा भीषण आगलागी, एक घर जलेर नष्ट

धनकुटा नगरपालिका वडा नं.७ चुलिबन सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ। चुलिबन सामुदायिक वनमा लागेको डढेलो वन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको वडा नं.७ का वडा अध्यक्ष जंगबहादुर राईले बताए। आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए।

डढेलोले कुनै मानवीय क्षति नभएको तर केही पशु चौपाया जलेर नष्ट भएको प्रहरी निरीक्षक शर्माले बताए। साथै एक गोठ जलेर नष्ट भएको शर्माले बताए।

चुलिबन सामुदायिक वनको लगभग ४/५ हेक्टर वन जलेर नष्ट भएको जिल्ला वन कार्यालय धनकुटा प्रमुख मेघराज राईले बताए।

दुईवटा दमकलबाट आगलागी नियन्त्रण प्रयास जारी रहेको धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष राईले बताए। आगलागी नियन्त्रणको लागि जिल्ला वनका कर्माचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको प्रमुख राईले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०७७ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App