१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो प्रतिनिधि सभा बैठक, साढे ४ बजे बस्ने

२ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि साढे चार बजेलाई निर्धारण गरिएको छ। संघीय संसद् सचिवालयले ४ः३० बजे बैठक बस्ने नयाँ सूचना जारी गरेकाे छ। 

सरकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका दलहरू कार्यादेशमा सहमति जुट्न नसक्दा बैठक थप आधा घण्टाका लागि सरेको हो।

कार्यादेशमा सहमति नजुटी बैठक नचलाउन विपक्षी दलहरूले सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्। सोहीअनुरूप घिमिरेले आजै दुई पटक समय निर्धारण गरिसकेका छन्। 

यसअघि बिहान ११ बजे बैठक बस्ने कार्यक्रम तय थियो। उक्त समयमा बैठक बस्न नसकेपछि २ बजेका लागि नयाँ समय निर्धारण गरिएको थियो। तर दलहरूबीच चलिरहेको संवाद लम्बिँदा निर्धारित समयमा बैठक बस्न सकेको थिएन। अहिले नयाँ समय निर्धारण गरिएको छ।

उता राष्ट्रिय सभाको बैठक बस्दै नबसी भोलीसम्मका लागि सरेको छ।

प्रकाशित: ६ जेष्ठ २०८१ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App