३० आश्विन २०८१ बुधबार
image/svg+xml
कला

निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’

निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ उतारेका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ उतारेको बताएका हुन्।

उनले भोलिबाट कुनै पनि हलमा आफ्नो चलचित्र नरहने जानकारी दिएका छन्। उनले चाँडै ओटीटीमा ‘बेहुली फ्रम मेघौली’ रिलिज गर्ने पनि बताएका छन्।

बस्नेतले केही दिन अगाडिमात्रै हिन्दी सिनेमामा दर्शक नहुँदा पनि शो दिएको तर आफ्नो चलचित्रलाई शो नदिएको भन्दै हलको विकल्प खोज्ने चेतावनी दिएका थिए। 

प्रकाशित: ३० आश्विन २०८१ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App