१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

रिपब्लिका दैनिक र न्युयोर्क टाइम्सको नेपालमा ‘डिजिटल सब्सक्रिप्सन’ सुरु (तस्बिरहरू)

नेपाल रिपब्लिक मिडिया (एनआरएम) द्वारा प्रकाशित नागरिक दैनिक, रिपब्लिका दैनिक र विश्व चर्चित सञ्चार संस्था द न्युयोर्क टाइम्स डिजिटल सब्सक्रिप्सन सुरु गरिएको छ।

बुधबार काठमाडौंमा आयोजित एक समारोहकाबीच उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डन्बर जोन्सले डिजिटल सब्सक्रिप्सन योजनाको सुरुवात गरे।

अमेरिकी सञ्चार संस्था न्युयोर्क टाइम्स र नेपाल रिपब्लिक मिडियाबिचको सहकार्यमा नेपालका डिजिटल पेवालमार्फत सञ्चार सेवा दिने उद्देश्यले यो योजना सुरु गरिएको हो।

यी दुई प्रकाशनले पहिलो पटक पेवालमा समेत सहकार्य गरी विभिन्न प्लाटफर्ममा आफ्ना प्रयोगकर्तालाई वृहत् र अविच्छिन्न पहुँच दिने तयारी थालेका छन्। यससँगै पाठक तथा दर्शकलाई नेपाल र विश्वका उच्च गुणस्तरीय समाचार सामग्रीमा व्यापक पहुँच प्रदान गर्ने छ।

तस्बिरहरू: विजय राई, दिपेश दर्शनधारी/ नागरिक

प्रकाशित: ३० आश्विन २०८१ १७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App