१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र अमर प्रहरी परिवारलाई सम्मान गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख ९डिएसपी०रवि रावलका अनुसार असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेत पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुद्धारा सम्पादित हरेक क्रियाकलापको सूचना सम्पादनमा अब्बल मानिएका प्रहरी निरीक्षक बस्नेत कार्यरत रहेको छोटो अवधिमै सूचना सप्रेषण तथा सङ्कलनमा पोख्त देखिएका छन्।

उता उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा प्रहरी सहायक निरीक्षक हेमनारायण यादव,प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल,प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत भएका छन्।

यस्तै प्रहरी जवान मिनाकुमारी आङदेम्बे,सपना सुनार,मुकेश चौधरी,पुष्पनारायण अधिकारी,बिशाल तामाङ तथा प्रहरी कार्यालय कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत गरिएको छ।

६९ औं प्रहरी दिवसको अवसरमा आयोजित पुरुष डवल्स ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक हवल्दार बिनोद कन्दङवा र अर्जुन राई तथा द्वितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईलाई मेडल, कप र प्रमाण–पत्र वितरण गरिएको छ।

यस्तै अमर प्रहरी परिवारका सदस्य रामकुमारी सुब्बा थापा तथा आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालयले कार्यालयलाई रचनात्मक सहयोग गर्ने मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिका वडा नं ९ लाई कदर–पत्र वितरण गरेको छ। 

प्रकाशित: ३० आश्विन २०८१ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App