लोकतन्त्रको लाज
स्वास्थ्य मन्त्रालयले ४६२ रुपियाँ पार्ने रेस्पिरेटर मास्कलाई ८२९ रुपियाँ खर्च गरेको विवरण भर्खरै सार्वजनिक भएको छ। एउटा सर्जिकल मास्कमा ५२ रुपियाँ बढी तिरेको घटना यसअघि सार्वजनिक भइसकेको छ। अहिलेको जस्तो जोखिमको समयमा समेत यसरी मुलुकको ढुकुटी दोहन भएको देखिनु दुःखलाग्दो पक्ष हो।