९ आश्विन २०८१ बुधबार
image/svg+xml

एमिकस क्यूरीमा पहिलो पल्ट महिला सिफारिस

सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए।

यसकारण पुनर्स्थापनामा बोल्दैन कांग्रेस

कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहोर्‍यायो।

नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भयो : दिनानाथ शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्।

राष्ट्रियसभा अधिवेशन आजदेखि सुरुः उखु किसानका समस्यादेखि जल्दाबल्दा विषयसम्म उठाइँदै

राष्ट्रियसभाको शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको छ।

अब नेपालको लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र अब कसैले खोस्न नसक्ने बताएका छन्। आफू पक्षीय सुदूरपश्चिमका कार्यकताहरुले बबरमहलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दाबी गरेका हुन्।

‘यो सरकार कामचलाउ’

निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ मात्र भएको विश्लेषण गर्न थालिएको छ। कामचलाउ भएकाले यो सरकारले आगामी निर्वाचन मात्र गर्न सक्ने, दूरगामी प्रभाव पर्ने अन्य कुनै निर्णय गर्न नसक्ने बताइएको छ।

‘असंवैधानिक कदम नसच्याएसम्म विरोध’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ।

कांग्रेसले संसद पुनःस्थापना भन्दा निर्वाचनमा जोड दिनुपर्छ : नेता महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि अब निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतले निर्वाचनका लागि दबाब दिनुपर्ने बताएका हुन्।

दोलखामा मसाल जुलुससहित कांग्रेसको प्रदर्शन

नेपाली कांगे्रसले दोलखाको सदरमुकाम चरिकोटमा मसाल जुलुससहितको प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गरिरहेको कांग्रेसले दोलखामा मसाल जुलुुससहित प्रदर्शन गरेको हो।

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले आज त्यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्दैछ। केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै त्यसको विरोधमा जसपाले देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्न लागेको हो।

निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण

निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ।

प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको हो।

प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन आज उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्