७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्दैछ। केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै त्यसको विरोधमा जसपाले देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्न लागेको हो।

जसपाले प्रदर्शनलाई सबैले साथ दिन आनह्वान समेत गरेको छ। यसअघि हिजो मात्र जसपाले देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेको थियो। सो क्रममा उसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको पुतला जलाएको थियो।

प्रकाशित: ११ पुस २०७७ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App