१० आश्विन २०८१ बिहीबार
image/svg+xml

ओली कदमविरुद्ध नेकपा प्रचण्ड-नेपाल पक्षद्वारा चरणबद्ध आन्दोलन घोषणा

बिहीबार बबरमहलमा बसेको बैठकले ‘काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरूद्ध दैनिक आन्दोलन गर्ने’ लगायत विराेधका कार्यक्रम तय गरेकाे हाे।

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो ।

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैनः महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन्। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन

प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।

जोखिममा प्रदेश सरकारको नेतृत्व

निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् ।

संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन्।

प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्।

अब भर्चुअल बैठक गर्ने कि ?

अहिले संसद सचिवालयमा कोरोना संक्रमण बढ्दै गए पनि समितिका बैठकमा भर्चुअल नगरी भौतिक दूरी कायम गरी बसेका छन् भने संसद सचिवालयको प्रशासनिक काम पनि भौतिक दूरी कायम गरी अघि बढाइएको छ।

सत्ताको बन्धक बन्यो संसद्: जरुरी महत्वका ६५ प्रस्ताव छलफलमा लगिएन

संसद्मा सांसदहरूले समसामयिक विषयलाई दृष्टिगत गरी दर्ता गरेका जरुरी महत्वका विभिन्न प्रस्ताव छलफल नै नगरी त्यसै छाड्ने क्रम बढेको छ।

छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ। दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ।

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पछिल्लो समय ससाना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताए।

राष्ट्रियताका लागि भएकाे एकताप्रति गर्व गर्छु : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मंलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् ।

काेराेनाबाट धेरैले ज्यान गुमाउनुपर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थोरै हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्