१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो।

सीताराम केसीका नाममासमेत परिचिति सांसद केसीको गएराती उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित थिए। पोखरा एयरपोर्टस्थित आफ्नै निवासमा उनको निधन भएको हो। स्वास्थ्य समस्या सामान्य अवस्थामा रहेका उनको मधुमेह एक्कासी घट्दा निधन भएको हुनसक्ने परिवारको अनुमान छ।

राप्रपाबाट लामो समय राजनीति गरेका उनी गत आम निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी नेपाली कांग्रेसबाटै समानुपातिक कोटामा सांसद बनेका हुन्। उनी पोखरा उपमहानगरपालिकाका तत्कालिन प्रधानपञ्चपनि हुन्।

हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउसहित एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ।

उनको आजै सेती नदीमा अन्त्येष्टी गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ। स्वर्गिय केसीका प्रकाश, किरण र रोसन ३ छोराहरु छन्।

प्रकाशित: १८ कार्तिक २०७७ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App