coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब नेपालको लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र अब कसैले खोस्न नसक्ने बताएका छन्। आफू पक्षीय सुदूरपश्चिमका कार्यकताहरुले बबरमहलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दाबी गरेका हुन्।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले काम गर्न नदिएपछि संसद विघटनको निर्णयमा पुगेको बताए। प्रचण्डले सत्तामा र नेपालले सम्मान मात्र खोजेकाले काम गर्न नसकिएको उनको दाबी छ। ‘केहीले मलाई मान गरेनन्, अपमान गरे, अपमान गरे मात्र भनिरहे,’ उनले भने,‘जसको ध्यानै त्यत्तिमा छ, देशमा ध्यान कसरी जान्छ?’

उनले तोकिएको समयमा चुनाव हुने पनि दाबी गरे। प्रतिनिधिसभा विघटनको चौतर्फी विरोध भइरहेका बेला ओलीले भने चुनाव हुने जिकिर गरेका हुन्। उनले संसद विघटनको विरोध गरिरहेकाहरुलाई चुनावमा आएर सामना गर्न चुनौति समेत दिए। उनले विगतका कुराहरु भुलेर सबैले चुनावमा जानुपर्नेमा जोड दिएका थिए।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई साकार पार्न सरकार दृढ रहेको दाबी गरे। आफू नेतृत्वको सरकारले थुप्रै विकास निर्माणका कामहरु गरेको उनको दाबी छ। देशका विभिन्न ठाउँका सडकहरुको स्तरोन्नति भएको चर्चा गर्दै उनले आफू नेतृत्वको सरकारले देशभरका तुइनहरु विस्थापित गरेको बताए।

सम्बोधनका क्रममा उनले पूर्वपश्चिम रेलमार्गदेखि चीनसँगको पारवहन सम्झौतासम्मको चर्चा गरेका थिए।

प्रकाशित: १५ पुस २०७७ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App